प्रचण्ड आज स्वदेश फर्कंदै - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

प्रचण्ड आज स्वदेश फर्कंदै



काठमाडौं– नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कंदैछन् ।
आज आफूहरु नेपालका लागि प्रस्थान गर्ने तयारीमा रहेको उनकी स्वकीय सचिवसमेत रहेकी पुत्री गंगा दाहालले जानकारी दिइन् ।

पत्नि सीताको उपचारका लागि प्रचण्ड १०९ दिनअघि अमेरिका गएका थिए । सीताको वासिङटनस्थित मेडिस्टार र बरमिंघमस्थित यूएबी अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । आमाको अवस्था सुधारोन्मुख रहेको गंगाले बताइन् ।