प्रचण्डलाई रेखा थापाले झापड हानेपछि... - Himal Post Himal Post
  • २ बैशाख २०८१, आईतवार
  •      Sun Apr 14 2024
Logo

प्रचण्डलाई रेखा थापाले झापड हानेपछि…



काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले ०६६ वैशाखमा तत्कालीन प्रधानसेनापति रुक्माङगत कटवाललाई बर्खास्त गर्ने निर्णय ग-यो । राष्ट्रपति डा रामवरण यादवले सरकारको निर्णय उल्टाउँदै मध्यरातमा कटवाललाई थमौती गरिदिए ।

रनाहमा परेका परेका प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिए । अनि तत्कालिन एमाओबादी केन्द्र नागरिक सर्वोच्चको नारा सडकमा उत्रियो । काठमाडौंमा दिनहुँ जसो नाराबाजी धरपकड शुरु हुन थाल्यो । ठूला ठूला प्रदर्शन गर्न थालिए ।

चलचित्र कलाकार रेखा थापा एमाओबादीमा पसेकी थिइन् । चन्द्रबहादुर थापा सागरलाई भाइटिका पनि लगाइदिन्थिन् । प्रचण्डको आँखा सेक्सी छ भन्थिन्, अन्तरवार्तामा पनि ।

त्यो बेला राजधानीमा भएको एक कार्यक्रममा खैरो ज्याकेट र नीलो जिन्स पाइन्ट लगाएर रेखा झुल्किइन्, प्रचण्डको छेउँमा । रेखाले माइक समातेर गीत गाउँदै कम्मर मर्काउन थालिन्, “लालु पाते नुघ्यो भुइँतिर किलाऊ मायाँ मैतिर किलाऊ उहीतिर निर नलाऊ दुुईतिर” ।

प्रचण्ड मस्किए । आफुलाई रोक्न सकेनन् । नायिका थापा नजिक पुुगे र स्वर खाप्न थाले, “निश्चत रुपमा लालुपाते नुहुन्छ भुइँतिर, मने नलाऊ माया दुुई तिर….” । नाचे छमछमि ।

दोश्रो संबिधानसभापछि नायिका थापाले एमाओबादीसँग मोह भंग गरिन् । कमल थापा नेतृत्वको राप्रपामा छिरिन् । राप्रमा फुट्यो । अर्की कलाकार कोमल ओली राप्रपाबाट उछिटिएर एमाले प्रवेश गरिन् । राष्ट्रिसभा सदस्य छिन् अहिले ।

रेखा भने सामाजिक संजालमा छाउँछिन् बेला बेलामा । मनको तीतो पोख्छिन् । गहकिला कुरा पनि लेख्छिन् । आइतबारको एउटा कार्यक्रममा प्रचण्डले भने, “बम पड्काएर परिवर्तन हुन्छ भन्ने विप्लबको ठूलो भ्रम हो” ।
यही शीर्षमा छापिएको समाचारमा रेखाले ट्वीट हानिन् र प्रचण्डलाई मुखैभरिको जवाफ दिइन्, “आफुले चाहिँ काहा परेवा उडायका थियौ र” ?