प्रचण्डले ओलीलाई सोधे: मान्छे मारेर जेल बसेको होइन र ? - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

प्रचण्डले ओलीलाई सोधे: मान्छे मारेर जेल बसेको होइन र ?



काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रकृयाको मर्मविपरीत अभिव्यक्ति दिएको आरोप लगाएका छन् ।

संसदमा जारी नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रचण्डले ओलीले निर्वाचनको विषयलाई लिएर शान्ति प्रकृयाको मर्मविपरीत धारण राख्ने गरेको बताएका हुन् ।

नीति तथा कार्यक्रमको छलफलका क्रममा ओलीले जनयुद्धसँग जोडिएका विषय जोडेर राखेका धारणाप्रति असहमित जनाउँदै प्रचण्डले यस्तो आरोप लगाएका हुन् ।

प्रचण्डले भने– ‘हामी यहाँ त्यसै छैनौं । शान्ति सम्झौताका कारण यहाँ छौं । यो समान्य कुरा होइन । ओलीजीले जे विषय राख्नु भयो त्यो शान्ति प्रकृयाको मर्मविपरीत छ । मान्छे मारेको, बोरामा कोचेको जस्ता विषय के हो ? यो शान्ति प्रकृयाको मर्मविपरीत छ ।’

प्रचण्डले ओलीलाई ‘मान्छे मारेर जेल बसेको होइन ?’ भनेर प्रश्न गर्दा के हुन्छ भनेर प्रश्न समेत गरेका छन् ।

प्रचण्डले भने– ‘शान्ति प्रकृयाको मर्मविपरीत बोल्नेलाई हिजो मान्छे मारेर जेल बसेको होइन ? भन्दै प्रश्न गर्दा के हुन्छ ? त्यो ठिक हुन्छ त ? त्यो ठिक हुँदैन । तर, आज जसरी प्रस्तुत हुनु भएको छ त्यो ठीक होइन ।’

केपी शर्मा ओलीलाई झापा बिद्रोहका क्रममा एक व्यक्तिको हत्या गरेको आरोप लाग्ने गरेको छ । प्रचण्डले यसै विषय संसदमा उठाएका हुन् ।