प्रचण्डको प्रतिवेदनमा १९ पृष्ठ लामो 'ओली प्रवृत्ति', जनतालाई स्पष्ट पार्न निर्देशन - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

प्रचण्डको प्रतिवेदनमा १९ पृष्ठ लामो ‘ओली प्रवृत्ति’, जनतालाई स्पष्ट पार्न निर्देशन



काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा पेश गरेको प्रतिवेदनमा केपी ओलीलाई लेखिएको १९ पृष्ठ लामो पत्र पनि समावेस गरेका छन् । तत्कालिन नेकपाको सचिवालय बैठकमा प्रस्तुत गरेको ओली प्रवृत्तिविरुद्धको १९ पृष्ठ लामो प्रतिवेदन समेत हालको प्रतिवेदनमा समेटिएको छ ।

आठौं महाधिवेशनका लागि पेस गरेको राजनीतिक प्रतिवेदनमा नेकपामा तत्कालीन अध्यक्ष केपी ओलीमाथि लगाएको तमाम आरोपहरूको पत्र समेटिएको एक नेताले बताए । प्रचण्डले नेकपाको तत्कालीन सचिवालय बैठकमा पेस गरेको १९ पृष्ठ लामो प्रतिवेदनलाई ओली समूहले भने आरोप पत्रको संज्ञा दिएको थियो ।

प्रचण्डले महाधिवेशनमा ओली प्रवृत्तिबारे सर्वसाधारणसम्म ज्ञान हुनुपर्ने भन्दै कार्यकर्ताले अध्ययन गर्नुपर्ने भन्दै उक्त १९ पृष्ठ लामो पत्र समेत समावेश गरेका हुन् । प्रचण्डले त्यसका अलवा ५ सचिवालय सदस्यले ओलीलाई लेखेको चिठी, त्यसको जवाफमा ओलीले लेखेको चिठी र ओलीलाई दल तथा संसदीय दलबाट कारवाही गरिएको पत्र समेत प्रतिवेदनमा समावेश गरेका छन्।

प्रतिवेदनमा प्रचण्डले ओली प्रवृत्तिविरुद्ध संघर्षको शुरुवात कसरी भयो र त्यो कसरी निकर्षमा पुग्यो भन्नेबारे तथ्य विरणहरु बुझाउन समीवेस गरिएको बताइएको छ । प्रचण्डको प्रतिवेदनमा भनिएको छ, ‘ऐतिहासिक रुपले तीनको प्रत्येक पार्टी दस्यले गहन अध्यन गरि जनसमुदयालाई स्पष्ट पार्न आवश्यक छ ।’

‘ओली प्रवृत्तिविरुद्ध संघर्ष गर्दै आज पनि वृहत वाम एकता आवश्यक छ,’ प्रतिवेदनमा भनिएको छ, ‘हाम्रो पार्टी एकताका पक्षमा रहिरहने छ । विभिन्न माओवादी समूहसँग सहकार्य बढाउँदै जाने हाम्रो नीति स्पष्ट नै छ ।’

नेकपामा ओली-प्रचण्डबीच ठाकठुक परेका बेला ओलीमाथि प्रचण्डले गम्भीर आरोपसहितको १९ पृष्ठ पत्र सार्वजनिक गरेपछि नेकपा विवाद उत्कर्षमा पुगेको थियो ।

एमसीसीदेखि ओलीसम्मको चर्चा

सोमबार शुरु भएको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहालले आफ्नो वैचारिक तथा राजनीतिक प्रतिवेदन वाचन गरे। अध्यक्ष दाहालले तयार पारेको सय पृष्ठको प्रतिवेदनमा सेना समायोजन गर्नु पार्टीको गल्ती भएको उल्लेख छ।

‘२१ औँ शाताब्दीमा सजमाजवादको नेपाली बाटो’ शीर्षक दिइएको प्रतिवेदन पढ्न दाहालले झन्डै डेढ घण्टा लगाए। उनले सेना समायोजन गर्दा आफ्नो तर्फबाट गल्ती भएको स्विकारेका छन्।

अध्यक्ष दाहालले तयार पारेको प्रतिवेदन अझै सार्वजनिक भइसकेकाे छैन। तर, बन्दसत्रमा सहभागी एक नेताका अनुसार दाहालले सेना समायोजनको विषयलाई प्रतिवेदनमा समेटेका छन्। अध्यक्षलाई उधृत गर्दै ती नेताले भने, “सेना समायोजन गर्दा एकल निर्णयका आधारमा गरियो, केन्द्री समितिको राय सुन्ने काम पनि नहुँदा गल्ती भएकै हो।”

त्यस्तै अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदनमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई विदेशीका सामु आत्मसमर्पण गर्ने नेताका रुपमा चित्रित गरिएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन हुनुका पछाडी ओलीको सम्झौतावादी प्रवृति नै मुख्य दोषि भएको समेत प्रतिवेदनमा उल्लेख भएको ती नेताले जानकारी दिए।

त्यस्तै प्रतिवेदनमा माओवादी आन्दोलनले चाहे जसरी देशमा संघीयता र पहिचनाको मुद्दा स्थापित हुन नसकेको उल्लेख गरिएको छ। संविधानसभाको माग गर्दै सशस्त्र आन्दोलन सञ्चालन गरेको माओवादी पार्टीले आजको दिनसम्म केही प्राप्त गरेको र अझै धेरै प्राप्त गर्न बाँकी रहेको उनको जोड थियो।

उनले संविधान संशोधनको मुद्दालाई फेरी उठाएका छन्। संविधान लेखनकै क्रममा आफ्नो पार्टीले भिन्न मत राखेको उल्लेख गर्दै उनले संविधानमा पार्टीको मुद्दालाई अझै स्थापित गर्न सबै क्षेत्रबाट संघर्ष गर्नुपर्ने बताएका छन्। त्यस्तै, संविधानका उपलब्धि उल्टाउने कोसिस भएको भन्दै त्यसको समना गर्न पार्टी पंक्तिलाई आग्रह गरेका छन्।

देशको राजनीतिक परिवर्तनमा पार्टीको भूमिका अन्य राजनीतिक दलको तुलनामा बढी रहेको बताउँदै प्रतिवेदनमा देश विकासका लागि आर्थिक आधार तयार गर्नुपर्ने उल्लेख गरेका छन्। पार्टीका युवा नेता हिमाल शर्माका अनुसार नेपाली मौलिकता र विशेषतासहितको पूँजिवादी क्रान्ति सफल भएको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै, नेपाली मौलिकता र विशेषताको समाजवाद प्राप्तिका लागि अघि बढ्ने कुरा पनि समेटिएको छ।

अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा धनी र गरीब देशबीच आर्थिक खाडल बढ्दै गएको उल्लेख गरिएको छ। विश्वका नामुद अर्थशास्त्रीले नै यी विषय पुष्टि गरेको बताउँदै प्रतिवेदनमा वर्गीय अन्तरविरोधको चर्चा गरिएको छ। सयजना व्यक्तिमात्रैले पनि कब्जा गर्नसक्ने भयानक अवस्था आजको विश्वमा रहेको प्रतिवेदनको दाबी छ।

त्यस्तै अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा प्रचण्डपथका विषयमा पनि समीक्षा गरिएको छ। अध्यक्ष दाहालले आफ्नो राजनीतिक प्रतिवेदनमा प्रचण्डपथबाट बाहिरिनु गल्ती भएको भन्दै त्यसमा आत्मालोचना गरेका छन्। केही दिनअघि पार्टीका नेता एवं अर्थमन्त्री जनार्दन शर्माले पनि प्रचण्डपथबाट पार्टीलाई विमुख बनाउनु पार्टी जीवनकै ठूलो गल्ती भएको बताएका थिए। तर अब प्रचण्डपथमा जान नसकिने पनि उनले उल्लेख गरेका छन्।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पार्टीका कार्यकर्तालाई कृषि कर्ममा लगाउँदै श्रममा जोड्नुपर्ने प्रस्ताव पनि गरिएको छ। आफ्नो पार्टीको संगठन मजबुत भएको स्थानमा स्थानीय तहमा ५०–५० युवा परिचलान गर्दै कृषि कर्ममा लगाउनु पर्ने प्रस्ताव प्रतिवेदनमा गरिएको छ। त्यस्तै कार्यकतालाई वर्षमा कम्तिमा १५ दिन अनिवार्य श्रममा जोडिनुपर्ने र त्यसको लगत पार्टीले राख्ने प्रस्ताव प्रतिवेदनले गरेको छ।

पार्टीको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी राष्ट्रघाती नभएको बताउँदै पारित गर्नुपर्ने बताएका थिए। पार्टी महाधिवेशनअन्तर्गत दोस्रो दिन अध्यक्ष दाहालले पेश गरेको पार्टीको राजनीतिक प्रतिवेदनमा भने एमसीसीलाई यथास्थितिमा पारित गर्न नसकिने बताइएको छ। एमसीसी परियोजना परिमार्जन र संशोधनपछि मात्रै पारित गर्ने नीति पार्टीले लिएको हो।