माओवादी केन्द्रमा पदाधिकारी थप्न प्रचण्डको प्रस्ताव - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

माओवादी केन्द्रमा पदाधिकारी थप्न प्रचण्डको प्रस्ताव



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा पदाधिकारीको संख्या १५ बनाउने प्रस्ताव गरेका छन् ।

आज पार्टीको केन्द्रीय कार्यालय पार्टी कार्यालय पेरिसडांडामा बसेको स्थायी कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारीको संख्या १५ पुर्याउने प्रस्ताव राखेको हो ।

प्रचण्डले अध्यक्षका साथै उपाध्यक्ष, महासचिव र सचिव पद राख्ने प्रस्ताव गरेका हुन् ।

अहिलेको अन्तरिम विधानमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव एकएक जना मात्र रहने व्यवस्था छ ।

माओवादीको राष्ट्रिय सम्मेलन केहीदिनमा हुँदैछ ।