प्रचण्डले भने- म छिट्टै देशको प्रधानमन्त्री बन्दैछु - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

प्रचण्डले भने- म छिट्टै देशको प्रधानमन्त्री बन्दैछु



नेकपा माओवादीका केन्द्रका अध्यक्ष प्रचण्डले कास्कीका जनताले दिएको आशीर्वाद लागेमा देशको छिट्टै नेतृत्व गर्ने ठाउँमा पुग्ने बताए ।

पोखराको महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्ती महोत्सव कार्यक्रममा बोल्दै प्रचण्डले अब देशको नेतृत्व गर्ने अवसर पाएमा अविस्मरणीय काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

‘अब मसँग धेरै समय छैन । तपाईहरुको आर्शीवाद लाग्यो । तपाईहरुको माया र शुभकामनाले काम गर्यो भने मलाई लाग्छ म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दै छु’ प्रचण्डले भने, ‘अब देशको नेतृत्व गर्ने अवसर पाएमा अत्यन्तै राम्रो हुने अठोट गरेको छु ।’ पहिलो कार्यकाल सरकारको नेतृत्व गर्दा बुझ्न नपाउँदै सकिएको प्रचण्डले बताए ।

‘मेरो पहिलो कार्यकाल विधि प्रक्रिया सबै उतारचढावलाई बुझ्न नपाउँदै बित्यो’ प्रचण्डले भने,‘ दोस्रो कार्यकालमा देशका लागि महत्वपूर्ण काम गरे भन्ने लाग्छ । मैले राष्ट्रलाई सुढृढ गर्न सके । मधेस हिमाल पहाड के होला भन्ने थियो ? सिंगै देशलाई लोकतान्त्रिक प्रक्रियामा लग्ने अवसर पाए । त्यसमा मलाई गर्व छ ।’

मैले यो पटक देशको नेतृत्व गर्ने अवसर पाएमा पछिसम्म स्मरण हुनेगरी काम गर्ने प्रचण्डले प्रतिवद्धता जनाएका छन् ।