प्रचण्डको पिडा: 'मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्‍याछ' - Himal Post Himal Post
  • ३ श्रावण २०८३, आईतवार
  •      Sun Jul 19 2026
Logo

प्रचण्डको पिडा: ‘मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्‍याछ’



काठमाडौं- सपना तुषरापात भएपछि नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले आफ्नो निर्धा्रित चीन भ्रमण स्थागित गरिदिएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा प्रचण्ड चार दर्जन भन्दा बढी सदश्य संलग्न जम्बो टोलीले लिएर मंसिर २४ गते त्यसतर्फ प्रस्तान गर्ने तयारी अन्तीम अवस्थामा पुगेको बेला उनले अचानक भ्रमणमा नजाने निणर्य लिएका छन् ।

भ्रमण स्थागित गर्नुको कारण प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थस्थितिलाई बनाएका छन् । जुन कारण आफैमा हास्यास्पद मानिएको छ । केपीको उपचारसंग सम्बन्धित विषयमा प्रचण्ड कहीँनेर पनि जोडिनुपर्ने अपस्था छैन् ।

प्रधानमन्त्रीको उपचार कहाँ, कहिले र कसरी गर्ने भन्नेबारे ओलीको परिवार वा चिकिस्तकको टोलीले गर्ने हो ।

तर, प्रचण्डले ओलीको स्वास्थलाई आफ्नो चीन भ्रमण रोक्नुपर्ने कारण बताउदा त्यसले सवैलाई हसायको छ । घटना र विचार साप्ताहिकमा समाचार छ