प्रचण्ड र ओलीबीच ३२ विभागको भागबन्डा : यसरी भयो सहमति - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

प्रचण्ड र ओलीबीच ३२ विभागको भागबन्डा : यसरी भयो सहमति



काठमाडौँ-  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताको बाँकी काम पूरा गर्ने सहमति भएको छ।

सोमबार र मंगलबार गरी दुई दिनको लगातारको छलफलपछि पार्टीका ३२ वटा विभाग, सल्लाहकार कमिटी, जेष्ठ नागरिक मञ्चलगायत गठनका लागि भागबन्डाको समझदारी भएको छ।

समझदारीअनुसार पूर्व एमालेले १८ र पूर्व माओवादीले १४ वटा विभाग लिने सहमति भएको छ।

जेष्ठ नागरिक मञ्चमा सय जना पूर्वएमालेबाट र २१ जना पूर्वमाओवादीबाट सदस्य बनाउने समझदारी दाहाल र ओलीबीच भएको छ। उनीहरुबीचको यो समझदारीलाई आगामी साउन ५ गते बस्ने सचिवालय बैठकले अनुमोदन गर्ने तयारी भएको नेकपा सचिवालयका एक सदस्यले बताएका छन्।