प्रचण्डले मसँग बसेर लुट्न पाएनन् त्यसपछि भागेर कांग्रेससँग गए- ओली - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

प्रचण्डले मसँग बसेर लुट्न पाएनन् त्यसपछि भागेर कांग्रेससँग गए- ओली



काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूले लुट्न नदिएपछि कांग्रेसको पिँढीमा गएको आरोप लगाएका छन्।

शुक्रबार चुनावी प्रचारप्रसारको अभियानमा कञ्चनपुरको आमसभालाई सम्बोधन गर्दै उनले उक्त आरोप लगाएका हुन्।

ओलीले माओवादी अध्यक्ष प्रचण्डतर्फ इंगित गर्दै सरकारमा ल्याउँदा घर भत्काएर भागेको आरोप लगाए।

‘पार्टी एकजुट गर्यौं भत्काएर हिँडे। पार्टीभित्रै रहेका दाजुभाइ पनि लगेर गए, उनले भने।

अहिलेको गठबन्धन सरकारलाई कठपुतलीको संज्ञा दिँदै ओलीले अब देश बनाउने सरकार चाहिएको बताए। ‘त्यसका लागि एमालेले एकपटक एक्लै बहुमत ल्याउनुपरेको छ,’ उनले भने।

प्रचण्डले छोरी, बुहारी, भाइका लागि मरिमेट्ने गरेको ओलीले आरोप लगाए।

‘मैले लुट्न नदिएपछि मलाई छोडेर कहाँ भागे प्रचण्ड भन्या त कांग्रेसको पारी पिँढीमा बास बस्न गएका रहेछन्,’ व्यङ्ग्य गर्दै उनले भने, ‘किन भत्काए घर, किन लगाए आगोे भनेको त खरानी घसेर कांग्रेसको पालीमा छोरी, बुहारी लिएर कुम्ला बोकी बास बस्न पो गएका रहेछन्।’