प्रचण्ड ओली वार्तामा 'ब्रेक थ्रु' भएन - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

प्रचण्ड ओली वार्तामा ‘ब्रेक थ्रु’ भएन



काठमाडौं । बालुवाटारमा १० बजे देखि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार करिब साढे २ घण्टा वान टु वान वार्ता भएको छ ।

प्रधानमन्त्री ओलीले बिहान १० बजे दाहाललाई बालुवाटार बोलाएका थिए । परिवारसहित सिन्धुपाल्चोकको सुकुटेमा पुगेका दाहाल साढे १० बजे बालुवाटार पुगेका थिए । त्यसपछि दुई नेता वार्तामा बसेका थिए ।

करिब साढे २ घण्टा बसेको वान टु वान वार्ताका बारेमा केही ठोस विषय सार्वजनिक नभए पनि दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार दुई नेताबीचको छलफलपछि भोलि बिहान ९ बजे एक संयोजन समितिको बैठक बोलाइएको छ । वैशाख ९ गते हुने भनिएको एकता घोषणा अलमलमा परेका बेला दुई नेताबीच वार्ता भएको हो । नेकपा एमालेले जनयुद्ध स्वीकार गर्न नसकिने र एकतामा जाँदा बराबर अनुपात मिलाउन नसक्ने जवाफ दिएपछि एकता प्रक्रिया केही लम्बिएको थियो ।

दुई वटा कार्यदलले बुझाएको प्रतिवेदनमा रहेका केही विवादित विषय टुंगो लाग्न नसक्दा एकता प्रक्रिया अन्योलमा परेको थियो ।