एमसीसी टुङ्गिन्छ, गठबन्धन पनि भत्किन्न: प्रचण्ड - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

एमसीसी टुङ्गिन्छ, गठबन्धन पनि भत्किन्न: प्रचण्ड



नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता प्रक्रियाबाटै टुङ्गिने बताएका छन्।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँग सोमबार काठमाडौंमा भएको भेटवार्तामा दाहालले गठबन्धन जोगिने र एमसीसी पनि टुङ्गो लाग्ने बताएका हुन्।

“उहाँले गठबन्धन पनि बचाउनुपर्‍यो, एमसीसीको समस्या पनि समाधान हुनुपर्‍यो भन्नुभयो,” पौडेलसँगको छलफलबारे जानकारी दिंदै दाहालले भने, “मैले गठबन्धन बच्छ, एमसीसी प्रक्रियाबाट टुङ्गिन्छ भनिदिएँ।”

संसद्‌मा एमसीसी टेबल गर्न सहमति जनाएर सडकमा विरोध प्रदर्शन गर्दै हिंडेपछि पौडेलले दाहाललाई सिंहदरबारमा भेटेर सम्झौताको पक्षमा लाग्न जोड दिएका हुन्।

त्यसअघि पौडेलले गठबन्धनकै अर्को दल जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई भेटेर एमसीसीको पक्षमा लाग्न आग्रह गरेका थिए।