अब प्रचण्ड नेकपाको एकल अध्यक्ष - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

अब प्रचण्ड नेकपाको एकल अध्यक्ष



काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीमा ठुलो समीकरण फेरबदल हुने भएको छ । पार्टी एकीकरणपछी सह अध्यक्षको जस्तै भूमिकामा देखिएका पुष्पकमल दाहाल अब पार्टीको एकमात्र अध्यक्ष बन्ने भएका छन् ।

प्रधानमन्त्री ओली भारत भ्रमण गएका बेलादेखि सुरु भएको शक्तिसंघर्ष प्रचण्डले जित्ने पक्का भएको छ । पछिल्लो समय प्रचण्डले हरेक जसो कार्यक्रममा कुण्ठा मात्र व्यक्र गर्ने गरेका छन् । उनले पार्टी संचालन र सरकार संचालनमा पनि गम्भीर प्रश्न उठाउँदै आएका छन् ।

पूर्वएमालेका दुई प्रमुख नेता केपी शर्मा ओली र माधवकुमार नेपालबीच हाल देखिएको कटु तिक्तताले पनि ओलीले प्रचण्डलाई साथ् नलिंदा दुर्घटना हुनसक्ने देखेपछी प्रचण्डलाई पार्टीको अध्यक्ष बुझाउने मनस्थितिमा ओली पुगेको स्रोतले बताएको छ ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले आफूविरुद्धको सम्भावित गठबन्धनको आँकलन गरेर अध्यक्ष दाहाललाई विश्वासमा लिने गरी समझदारी गरेपछि बरिष्ठ नेता नेपाल पार्टीमा एक्लिएका छन्। ओली पनि दाहालको साथ बिना अगाडि बढ्न नसक्ने अवस्थामा पुगेका छन्।

सिंगापुर जानुअघि नै ओलीले दाहाललाई सचिवालय बैठक आयोजना गरेर पार्टीका निर्णयहरू गर्नसक्ने गरी कार्यकारी अधिकारको जिम्मेवारी दिएर त्यसको संकेत गरिसकेका छन्। नेपालखबरमा समाचार आएपछि हामीले यसलाई बुझ्न खोज्दा नेकापा स्रोतले प्रधानमन्त्री ओली सुरुवातमा सबै पद आफै लिन चाहन्थे, तर पछि पार्टीभित्रका सबैसंग परामर्श गर्न थालेपछि उनि फरक बन्दै गएको र सबै चिज आफु एक्लैले गर्न नसक्नेबारे बुझेको बतायो ।

सचिवालय, आफु निकट नेता र सल्लाहकार भन्दा बाहिरको घेरामा पनि छलफल गर्न थालेपछि प्रधानमन्त्रीले धेरै कुरा महसुस गर्नुभएको छ र फराकिलो सोंच्न थाल्नुभएको छ प्रचण्ड निकट एक नेताले हिमालपोस्टसँग बताए ।

प्रधानमन्त्री ओली सिङ्गापुर गएलगत्तै प्रचण्डले डाकेको सचिवालय बैठक र त्यहाँ छलफल भएका बिषयमा पनि ओली निकै खुशी भएको स्रोतले जनाएको छ ।

आलोपालो सरकार चलाउने सहमति अनुसार अबको केहि महिनामा ओलीले प्रचण्डलाई सराकार सुम्पनै पर्ने हुन्छ । केहि महिनादेखि बबण्डर बनेको साझेदारीको बिषयलाई पनि मध्यनजर गरेर ओलीले प्रचण्डलाई अध्यक्ष सुम्पने निर्णय गरेको बुझ्न सकिन्छ ।

एकता प्रक्रिया टुंगिनै लाग्दा पार्टीमा एक व्यक्ति एक पदको मुद्दा पनि चरम रुपमा झांगिदै छ । ओलीको अगाडी कि त पार्टी कि त सरकार सुम्पने बाध्यता पनि छ त्यसैले उनले सिङ्गापुरबाट फर्केलगत्तै प्रचण्डलाई पार्टीको अध्यक्ष सुम्पने निर्णय नै गरेको राजनीतिक जानकार बताउँछन् ।