पूर्वमाओवादी नेताहरूले प्रचण्डलाई मुद्दा हाल्ने - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

पूर्वमाओवादी नेताहरूले प्रचण्डलाई मुद्दा हाल्ने



काठमाडौं- एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध कानुनि लडाई लड्ने भएका छन् । असंवैधानिक ढंगले सांसद पदबाट हटाइएको दावी गर्दै प्रतिनिधिसभामा माओवादीबाट निर्वाचित ४ निवर्तमान सांसद सर्वोच्च अदालत जाने भएका हुन्।

चार पूर्वमाओवादी ननेताहरूले निवेदनको ड्राफ्ट तयार गरिसकेका छन् भने थप कानुनी परामर्श गरिरहेका छन्। नेताहरू लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरी प्रचण्डविरुद्ध अदालत जाने तयारी गरेको बताइएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उनीहारूलई कारबाही गर्दै पदमुक्त गर्न संसद सचिवालयमा सिफारिस गरेका थिए ।

माओवादी केन्द्र छाडेर एमालेतिर लागेपछि प्रतिनिधिसभा सदस्यहरु माओवादीको सिफारिसका आधारमा उनीहरु पदमुक्त भइसकेको अवस्थामा ती ४ नेताले आफूहरुमाथि भएको कारबाही र पदमुक्त सम्बन्धी निर्णय अवैध भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गर्न लागेका हुन् ।

प्रतिनिधिसभा विघटन अवस्थामा रहेको र सो प्रकरणमा बहस सकिएर फैसला आउने मिति तोकिएको सन्दर्भमा अब सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापना गरिदिए त्यसको भोलिपल्टै अदालत जाने तयारीमा उनीहरू रहेको बताइएको छ ।

उनीहरूले आफूहरुलाई कारबाहीको सिफारिस गर्ने माओवादीको कमिटी नै वैध नभएको दावी गर्दै उनले अवैध कमिटीले के आधारमा कारबाही गर्यो भन्ने आधार प्रस्तुत गर्ने भएका छन् ।