प्रचण्डको सम्पतीले नेपालको साधारण अस्पतालमा पनि उपचार गर्न पुग्दैन :मिश्र - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

प्रचण्डको सम्पतीले नेपालको साधारण अस्पतालमा पनि उपचार गर्न पुग्दैन :मिश्र



काठमाण्डौ । विवेकशील साझाका संयोजक रवीन्द्र मिश्रले नेकपा अध्यक्ष पुष्पकमल दहालको आफ्नो सम्पतीले नेपालको साधारण अस्पतालमा नै उपचार गर्न समेत नपुग्ने भएपनि उनी अमेरिका, सिंगापुर गईरहेका छन्, उनलाई उक्र स्थान जान पैसा कहाँबाट आयो भन्ने प्रश्न गरेका छन् ।

संयोजक मिश्रले बिदेश जाँदा खर्चका लागि लानुपर्ने डलर कसरी लगेका होलान् भन्ने जिज्ञासा समेत गरेका छन् । उनले सामाजिक संजाल ट्वीटरमा लेखेको स्टाटसःप्रचण्डको आम्दानीको आधारमा भन्ने हो भने उनलाई अमेरिका त कुरै छोडिदिउँ नेपालको निजी अस्पतालमा समेत उपचार खर्च बेहोर्न गाह्रो पर्छ। तर उनी सिंगापुर, अमेरिका गए। कहाँबाट आयो पैसा ? उपचारका लागि परिवार सहित बारम्बार विदेश जाँदा विदेशी मुद्रा कसरी लगिरेहका छन्