माफी माग्दै प्रचण्डले भने, म नै दोषी हो भने सबै भोग्न तयार छु - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

माफी माग्दै प्रचण्डले भने, म नै दोषी हो भने सबै भोग्न तयार छु



फाइल तस्बिर

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले द्वन्द्वपीडितसँग सार्वजनिक रूपमा माफी माग्दै आफु दोषी भएको खण्डमा सबै भोग्न तयार रहेको बताएका छन् ।

विस्तृत शान्ति सम्झौता भएको १३ वर्ष लागिसक्दा पनि संक्रमणकालीन न्याय टुंगो नलाग्नुमा आफू राजनीतिज्ञहरूकै दोष भएको भन्दै नेकपा अध्यक्ष पुष्पकमल दाहालले द्वन्द्वपीडितसँग सार्वजनिक रूपमा माफी मागेका छन् । उनले आफूले अमेरिका, भारत, चीन र युरोपका विभिन्न मुलुकसँग पनि लगातार प्रयास गरिरहेको दावी गरे।

संक्रमणकालिन न्यायलाई टुंगोमा पुर्‍याउने बाहेक आफ्नो कुनै राजनीतिक ध्येय नरहेको दावी गरेका छन्।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले द्धन्द्धकालको आफू स्वयम् पीडित भएको उल्लेख गर्दै संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन आफूले प्रधानमन्त्रीको रुपमा, राजनीतिक नेतृत्वको रुपमा निरन्तर पहल गरिरहेको पनि बताए।

अध्यक्ष दाहालले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन अनुकूल वातावरण बनेको उल्लेख गर्दै त्यसलाई छिट्टै टुंगोमा पुर्‍याउनुपर्नेमा पनि जोड दिए। उनले संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन ढिलाई हुनुमा राजनीतिक नेतृत्व नै दोषी रहेको उल्लेख गर्दै अब सत्ता र प्रतिपक्ष दुवै दल सो समस्यालाई समाधान गर्न प्रतिवद्ध रहेको पनि बताए।

उनले भने, ‘अब पनि संक्रमणकालीन न्याय टुंगोमा नपुर्‍याए संघीय लोकतान्त्रिक गणतन्त्र आफै गुम्ने खतरा रहेको छ।’

अध्यक्ष दाहालले तत्कालीन विद्रोही माओवादीको नेतृत्वको हैसियतले शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्‍याउनु नसक्नुको दोष आफू लिन तयार रहेको पनि पटकपटक दोहोर्‍याए। उनले भने, ‘ हिजो माओवादी युद्धको राम्रो/नराम्रो सबै जिम्‍मा नेतृत्वका हिसाबले मैले लिन्छु। त्‍यतिमात्र होइन त्यहा भएका कुनै पनि नैतिक, व्‍यवहारिक, राजनैतिक वा व्‍यवहारिक कामको जिम्‍मेवारी लिन्छु।म मोर्चा छोडेर भाग्दिन।’

उनले सर्वहारा वर्गको पक्षमा लड्न छाडेर अरु साथीहरु भागे पनि आफू भने हरदम मोर्चामा आफ्नो ढंगले डटेर लडि नै रहेको जिकिर गरे। उनले भने, ‘ यो पक्षमा मा अन्तिम समयसम्‍म पनि डटेरै लडिरहने प्रतिवद्धता व्‍यक्त गर्न चाहन्छु।म कहिल्यै भनेको छैन की दोषी छु भने त्‍यसको लागि जिम्‍मेवार हुनु पर्ने हुन्छ ‘

उनले इतिहासले, राजनीतिक घटनाक्रमले, अन्तराष्ट्रिय न्यायको सिद्धान्तले, शान्ति सम्झौता र विस्तृत शान्ति सम्झौताको पक्रियाले आफूलाई दोषी ठहर्‍याए सजाय भोग्न तयार रहेको बताए। उनले भने, ‘ इतिहासले, राजनीतिक घटनाक्रमले, अन्तराष्ट्रिय न्यायको सिद्धान्तले, शान्ति सम्झौता र विस्तृत शान्ति सम्झौताको प्रक्रियाले मलाइ दोषी भन्छ भने त्यो पनि भोग्न तयार छु।म भाग्दिन/भागेको छैन।’

उनले आफू न सत्ता न विलासी जीवन बिताउन चाहेको भनाइमा सत्यता नभएको दाबी गरे। उनले यबारेमा भने, ‘बेला बेलामा कहिले अभिभावक भनेर, कहिले विलासी जीवन बितायो भनेर आक्रोश पोखिरहेको सत्ताको निम्ति लुछाचुँडि गर्न थाल्यो। होइन साथी हो, त्यो सत्य होइन। मैले तपाइहरुको पक्षमा लड्न छोडे भने अझ ठूलो आक्रोश ममाथि गर्नुहुन्छ।’