पार्टी एकताका लागि प्रचण्ड-माधवले गरे सहमति - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

पार्टी एकताका लागि प्रचण्ड-माधवले गरे सहमति



काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पार्टी एकताका लागि सहमत भएका छन् । आइतबार भएको भेटमा उनीहरूले यस्तो सहमति गरेको बुझिएको छ ।

आइतबार साँझ हात्तीबनस्थित अध्यक्ष प्रचण्डका भान्जा गोकुल भण्डारीको घरमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा उनीहरुबीच पार्टी एकताको आवश्यकताबारे साझा अवधारणा पत्र बनाउने विषयमा सहमति भएको स्रोतले जानकारी दियो ।

माओवादी केन्द्र र नेकपा एसका शीर्ष नेताहरुबीच केहि दिनदेखि पार्टी एकताको आवश्यकताबारे साझा अवधारणा पत्र बनाउनेबारे निरन्तर छलफल भइरहेको थियो । आज माओवादी अध्यक्ष प्रचण्ड, माधब नेपाल, बेदुराम भुसाल सहितका नेताहरुबीच भएको छलफलमा सहमति भएको हो ।

उनीहरुले एकताका लागि संयोजन समिति बनाउने निर्णय समेत गरिकेका छन् । आज मात्र प्रचण्डले कांग्रेसले सिट बाँडफाटमा अटेर गरेमा वाममोर्चा बनाएर चुनावी मैदानमा उत्रिने चेतावनी दिएका छन् ।

सत्तारुढ दलमा सिट बाँडफाँटबारे कुरा नमिलिरहेका बेला पार्टीको बागमती प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘हामीसँग वाममोर्चाको पनि विकल्प छ । कांग्रेसले सिट बाँडफाँटमा साह्रै नै गरेछ भने हामीसँग संयुक्त वाममोर्चाको विकल्प बाँकी नै छ ।’

त्यसैगरी प्रचण्डले माओवादीमा स्थानीय तहको चुनावमा जस्तै अन्तर्घात भए राम्रो नहुने चेतावनीसमेत दिएका छन् ।