प्रचण्ड र माधव नेपालको एक्कासी के कुरा भयो ? - Himal Post Himal Post
  • ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
Logo

प्रचण्ड र माधव नेपालको एक्कासी के कुरा भयो ?



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका लागि भेटघाट र छलफल तीब्र बनाएका छन् । बिहिवार बिहान एमाले अध्यक्ष केपी ओलीसँग भेट गरेका प्रचण्ड लगत्तै एमाले नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।

पहिले एकताकै बिषयमा जोडतोडले लागेका माधव नेपाल पछिल्लो समय एकताको बिपक्षमा रहेको प्रति माओवादी ससंकित बनेको छ । त्यतिमात्र होइन माधव नेपाललाई ओलीले अध्यक्षको रुपमा अगाडी सारेपछि एकाएक कहानीमा ट्वीस्ट आएको छ ।

नेता नेपाललाई भेटन कोटेश्वरस्थित नेता नेपालको निवास पुगेका प्रचण्डले पार्टी एकता, सांगठनिक समायोजन लगायतका विषयमा ‘वान टू वान’ छलफल गरेका थिए । प्रचण्ड–नेपालबीच पार्टी एकताकै विषयमा छलफल भएको नेता नेपालका सहयोगीले जानकारी दिएका छन् ।

पार्टी एकता पछिको महाधिवेशनपछि अध्यक्ष को बन्ने भन्ने बिषयमा सहमति जुटन नसकेका बेला प्रचण्ड–नेपाल भेटवार्तालाई महत्वका साथ हेरिएको छ । प्रचण्ड र नेपाल दुबै नेता एकीकृत पार्टीको भावी अध्यक्षका दावेदार हुन् ।