पत्रकार महासङ्घलाई भातृ सङ्गठन नबनाउनुहोस: प्रचण्ड - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

पत्रकार महासङ्घलाई भातृ सङ्गठन नबनाउनुहोस: प्रचण्ड



काठमाडौँ, ९ भदौ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल पत्रकार महासङ्घलाई पार्टीको भातृ सङ्गठन नबनाउन सुझाव दिएका छन् । शुभकामना थाप्न बिहीबार लाजिम्पाट पुगेका पत्रकार महासङ्घको नेतृत्वलाई उनले सुझाव दिएका हुन् ।

प्रचण्डले भने “पत्रकारितामा राजनीतिक ज्ञान हुनुपर्छ तर पेसालाई राजनीतिकरण गर्न हुँदैन”

महासङ्घ अध्यक्ष गोविन्द आचार्य सहित नयाँ कार्य समिति सदस्यहरूलाई भेट गरी प्रचण्डले महासङ्घलाई स्वतन्त्र बनाउन पहल गर्न समेत सुझाव दिएका छन् ।

आफ्नै निवास लाजिम्पाटमा बोलाएर पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुसँग प्रचण्डले डिनरसहितको भेट गरेका थिए ।