प्रचण्डको चिन्ता: एकता र जनविश्वासको उत्कर्ष यहीँसम्म मात्र नहोस - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

प्रचण्डको चिन्ता: एकता र जनविश्वासको उत्कर्ष यहीँसम्म मात्र नहोस



काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता र जनविश्वासको उत्कर्ष यही मात्र भयो भने आफूहरू कहीं पनि पुग्न नसक्ने बताएका छन् । उनले साउन महिना भित्रमा पार्टी एकताका काम सम्पन्न गरेर भदौ महिनादेखि देशव्यापी अभियानमा जाने तयारी भएको पनि बताएका छन् ।

कम्युनिस्ट संस्थापक नरबहादुर कर्मचार्यको छैटौं स्मृतिको अवसरमा नेकपा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले साउन महिनामा स्थायी समिति र केन्द्रीय समितिको बैठक सकाएर भदौदेखि अभियानमा लाग्ने बताएका हुन् ।

‘पार्टी एकताको माथिदेखि तलसम्मको कार्यक्रमलाई अन्तिम चरणमा पुर्‍याएका छौं, यसै महिनाभित्र स्थायी समिति र केन्द्रीय समितिको बैठक सकाएर भदौबाट पार्टीका नीतिबारे जानकारी गराउन र सरकारका कामलाई अझ प्रभावकारी बनाउने प्रयास बढेको छ,’ प्रचण्डले भने ।

नेपालको कम्युनिष्ट आन्दोलन विशिष्ट मोडमा रहेको भन्दै उनले जनताले दिएको अवसरको सदुपयोग बुद्धिमता र विवेकसम्मत गर्न जरुरी रहेको बताए ।

प्रचण्डले पार्टी एकता र जनविश्वासको उत्कर्ष यही मात्र भयो भने आफूहरू कहीं पनि पुग्न नसक्ने भन्दै विश्वलाई समाजमावदको नयाँ मोडल दिने अवसर हामीसँग भएको बताएका छन् । प्रचण्डले भने, ‘पार्टी एकतालाई सरकारको कामलाई प्रभावकारी बनाएर मात्र हामी समाजवादको बाटोमा लाग्न सक्छौं ।’