पूर्व माओवादीहरुसँग एकता अगाडि बढेको प्रचण्डको खुलासा - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

पूर्व माओवादीहरुसँग एकता अगाडि बढेको प्रचण्डको खुलासा



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादीहरु एक ठाउँमा आउने वातावरण बनेको खुलासा गरेका छन्।

नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

‘एकता र विभाजनको श्रृङ्खला पार गर्दै हामी यहाँ आइपुगेका छौं,’ उनले भने, ‘अब चाँही हामी सबै पूर्व माओवादी भन्नेजति एक ठाउँमा आउने वातावरण बन्दैछ।’

एकताको वातावरण बनेर छिट्टै टुंगोमा पुग्ने अवस्था सिर्जना भएको प्रचण्डले बताए।

‘यो परिवर्तनलाई संस्थागत गर्दै यसमा टेक्दै अझै अघि बढ्ने संघर्षमा हामी छौं’ उनले भने।