प्रचण्डका विश्वासपात्र नै एमालेमा प्रवेश गरेपछि... - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

प्रचण्डका विश्वासपात्र नै एमालेमा प्रवेश गरेपछि…



काठमाडौँ- नेकपा माओवादे केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अत्यन्त निकट मानिने व्यक्ति नेकपा एमालेमा प्रवेश गरेका छन् । यसअघि प्रचण्डको विश्वासपात्र देखि ब्यबसायिक पार्टनर भनेर चर्चा चलेका मेडिकल व्यवसायी दुर्गा प्रसाई नेकपा एमालेमा प्रवेश गरेका हुन्।

आइतबार झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रसाईलाई पार्टीमा स्वागत गरे। उनी यसअघि माओवादी अध्यक्ष प्रचण्ड र ओलीलाई सँगै मार्सी चामलको खाना खुवाएर चर्चामा समेत आएका थिए ।

बीएण्डसी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जससा केन्द्रीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईप्रतिको भ्रम टुटेको बताएका छन् ।

झापामा आइतबार एमालेले आयोजनाको गरेको पार्टी प्रवेश कार्यक्रममा प्रसाईंले भने, ‘आफ्नै टाउको मूल्य तोक्नेसँग सत्ताको गठजोड गर्नेहरूबाट राजनीति अघि बढ्न सक्दैन । देउवाले ५० लाखको टाउको तोकेको र आज तिनै देउवाको पाउमा पुग्ने प्रचण्ड र बाबुरामप्रतिको मेरो भ्रम टुट्यो ।’

प्रचण्ड र भट्टराईलाई माओको नाम लिने अधिकार नरहेको बताएका उनले उनीहहरूलाई कम्युनिस्ट भन्न लाज लाग्नुपर्ने टिप्पणी गरे ।