प्रचण्डका कान्छा ज्वाईँ पनि मालामाल - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

प्रचण्डका कान्छा ज्वाईँ पनि मालामाल



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाईँ पनि आगामी निर्वाचनको उम्मेदवारमा सिफारिस भएका छन् ।

मोरङ क्षेत्र नम्बर ६ को ‘क’ बाट प्रदेश सभा सदस्यको उम्मेदवारका तीनजनाको नाम सिफारिस गरेको छ। जसमा प्रचण्डका ज्वाईँको नामसमेत छ ।

माओवादी केन्द्र मोरङ ६ ‘क’ समितिले आगामी मंसिर ४ गते हुने प्रदेशसभा चुनावका लागि प्रचण्डका कान्छा ज्वाइँ जीवन आचार्यसहित तीनजनाको नाम सिफारिस गरेको हो। जीवन आचार्य प्रचण्डकी कान्छी छोरीका श्रीमान हुन् ।

प्रदेशसभाका लागि प्रचण्डका ज्वाइँसमेत रहेका आचार्य, प्रभात घिमिरे ‘विनोद’ र दुष्यन्त भट्टराईको नाम सिफारिस भएको माओवादी केन्द्रले जनाएको छ ।

क्षेत्रीय कमिटीको बिहीबार बसेको बैठकले प्रतिनिधिसभाका लागि केन्द्रीय सदस्य हेम कार्कीको नाम सिफारिस गरेको छ।