रिसोर्ट छाडेर जनताको घरमा बास बस्न प्रचण्ड पुगे सिन्धुपाल्चोक - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

रिसोर्ट छाडेर जनताको घरमा बास बस्न प्रचण्ड पुगे सिन्धुपाल्चोक



काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनताको घरमा बास बस्न सिन्धुपाल्चोक पुगेका छन् ।

सोमबार परिवारका सदस्य र सहयोगीहरू बोकेर उनि सिन्धुपाल्चोकको कदमबासमा पुगेका हुन् ।

प्रचण्ड आराम गर्न भन्दै सिन्धुपाल्चोक पुगेको बताइएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-९ स्थित कदमबासमा पुगेका हुन्।

प्रचण्ड कदमबासस्थित एकजना कार्यकर्ताको घरमा बस्ने कार्यक्रम रहेको बताइएको छ ।

कुनै खास काम नभएको आराम गर्न र जनतासँग नजिक हुन त्यहाँ पुगेको बतैएको छ ।

यसअघि पनि प्रचण्ड तनाव छल्न भन्दै सिन्धुपाल्चोक जाने गरेका थिए।

उनले यसअघि तनाव छल्ने ठाउँका रुपमा सिन्धुपाल्चोककै सुकुटेस्थित रिसोर्टलाई प्रयोग गर्दै आएका थिए।

यता पार्टीमा भने सभामुख चयन र प्रदेश ३ को राजधानी चयनको बिषयले रडाको मच्चाएको बेला उनि भने आराम गर्न भन्दै सिन्धुपाल्चोक पुगेका छन् ।

यस्तो अवस्थामा उनि आराम गर्न भन्दै त्यहाँ पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रचण्ड यसअघि पनि पटकपटक सिन्धुपाल्चोक जाने गरेका थिए तर, यो पटक भने रिसोर्टमा नबसेर जनताको घरमा बस्ने बताइएको छ ।

सिन्धुपाल्चोकस्थित सुकुटे विच रिसोर्टमा उनि पटक पटक बस्ने गरेका छन् । यसअगाडी कैयौं पटक पार्टीमा तनाव भएको बेला उनि सुकुते पुगेका थिए ।

पार्टीमा सभामुख चयन मात्र होइन अहिले अमेरिकन परियोजना (एमसीसी)को तनाव चुलिँदै छ । प्रचण्ड यसको बिपक्षमा छन् र नेकपा भित्रै यो परियोजना पास गर्नुपर्ने भन्दै चर्को बहस भैरहेको छ ।