अस्पताल भर्ना भए प्रचण्ड - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

अस्पताल भर्ना भए प्रचण्ड



काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन्।

शनिबार दाहाललाई मेडिसिटी अस्पताल भर्ना गरिएको उनको पारिवारिक स्रोतले जनाएको छ।

‘हिजोदेखि स्वास्थ्यमा समस्या आएको खबर पाएँ, म काठमाडौं आउँदैछु,’ प्रचण्डकी छोरी तथा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भनिन्।

प्रचण्डको रक्तचाप बढेको उनले बताए। शनिबार बमिट गरेपछि भने प्रचण्डलाई मेडिसिटी लगिएको हो।

दाहालको स्वास्थ्य अवस्थाबारे आफूलाई अहिले विस्तृत विवरण प्राप्त भइनसकेको उनले बताइन्।