प्रचण्डले गरे हर्क साम्पाङको प्रशंसा, केन्द्रबाट समर्थन गर्ने बाचा - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

प्रचण्डले गरे हर्क साम्पाङको प्रशंसा, केन्द्रबाट समर्थन गर्ने बाचा



विराटनगर : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गरेको कामको प्रशंसा गरेका छन्।

धरानमा आयोजित चुनावी आमसभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले खानेपानी समस्याको समाधानका लागि धरानका मेयर साम्पाङको कामको प्रशंसा गर्दै धन्यवादसमेत दिए।

उनले मेयर साम्पाङको खानेपानी समस्या समाधानको चहानालाई केन्द्रबाट पनि समर्थन गर्ने बताउँदै केन्द्रबाट बजेट पास गर्ने प्रतिबद्धता जनाए।

‘धरानको खानेपानी समस्याको विषय सबैलाई थाहा भएकै हो, यो समस्याको समाधानका लागि धरानका मेयर हर्क साम्पाङले राम्रो काम गर्नुभएको छ’, उनले भने, ‘उहाँको चाहानालाई केन्द्रबाट पनि समर्थन गर्छौं।’

उनले धरानको सुकुम्बासी समस्या समाधान गर्ने बताउँदै धरानको खेलकुद रंगशालालाई केन्द्र बाट बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए।

गठबन्धन निर्वाचनका लागि मात्रै नभएर संविधान रक्षाका लागि बनेको दाबी गरे।