के प्रचण्ड गुल्मीबाट लड्दैछन् चुनाव ? - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

के प्रचण्ड गुल्मीबाट लड्दैछन् चुनाव ?



गुल्मी- गुल्मीको क्षेत्र नम्बर १ बाट पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरिएको छ।

अध्यक्ष प्रचण्ड आए सजिलै निर्वाचन जिताउन सकिने बताउँदै पार्टीका जिल्ला अध्यक्ष बुद्धि जीसीले उनको नाम सिफारिस गरिएको बताए।

प्रचण्डसहित नेता पुनाराम ज्ञवालीको नाम प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारका लागि सिफारिस गरिएको छ।

उक्त निर्वाचन क्षेत्रको प्रदेश (क) मा पार्टीका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सुदर्शन बराल, केन्द्रीय सदस्य श्रृजना तरामु मगर र कालिगण्डकी गाउँपालिका अध्यक्ष लिलबहादुर केसी प्रदेश सदस्य उमेदवारमा सिफारिस भएका छन्।

प्रदेश सभातर्फ १ को (ख) बाट जिल्ला पार्टी सचिव अशोक थापा (मुक्ती) जिल्ला सदस्य रामचन्द्र कँडेल र वाईसीएल अध्यक्ष अशोक श्रेष्ठ सिफारिसमा परेका छन्।

गुल्मी क्षेत्र नम्वर २ बाट नेता भीमकान्त भण्डारी, बीरबहादुर कार्की र निमबहादुर पाण्डे सिफारिस भएका छन्। त्यस क्षेत्रको प्रदेश (क) मा खुमबहादुर थापा, ठाकुर पाण्डे र दुर्गा बिक सिफारिस भएका छन्। (ख) बाट बुद्धि जिसी, विनिता रोका पोखरेल र गोपाल कुँवर सिफारिस भएका छन्।