प्रचण्डको गुनासो- आज लाखौँको बिचमा पनि एक्लो भएको महसुस गर्छु - Himal Post Himal Post
  • ११ माघ २०८१, शुक्रबार
  •      Fri Jan 24 2025
Logo

प्रचण्डको गुनासो- आज लाखौँको बिचमा पनि एक्लो भएको महसुस गर्छु



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डले आफू प्रधानमत्री भए पनि पछिल्लो समय मानव जीवनको सार्थकता र गर्वबोध गर्न गाह्रो भइरहेको अनुभव सुनाएका छन् ।

माओवादीका सांसद सुदन किरातीको अनुभूति समेटिएको पुस्तक विमोचन समारोहमा अध्यक्ष प्रचण्डले लाखौं करोडौं मान्छेको बीचमा पनि एक्लो एक्लै महसुस हुने गरेको बताए ।

प्रचण्डले भने- हामी मन्त्री, प्रधानमन्त्री त भयौं तर यो जीवनको सार्थकता र गर्वबोध गर्न गाह्रो भइरहेको छ । हिजो मानव जातिको मुक्तिको लागि सम्पूर्ण समर्पणसहित जनयुद्धमा लाग्दा पद प्रतिष्ठा र स्वार्थको लागि थिएन ।

मानव जातिको लागि गरेका थियौं । एक्लै जंगलमा हुँदा, पहाड उकाला ओराला, नदीनाला सबैमा एक्लै हिँड्दा पनि लाखौं करोडौं अरबौंको बीचमा सँगै हिडेको जस्तो लाग्थ्यो । तर आज लाखौं करोडौं मान्छेका बीचमा छौं तर एक्लो महसुस हुन्छ ।

प्रचण्डले सुदन किराती मन्त्रीमात्र होइन प्रधानमन्त्री र राष्ट्रपति पनि हुने सम्भावना नजिकै रहेको समेत बताए ।