चुनावलगत्तै विशेष महाधिवेशन गर्ने प्रचण्डको घोषणा - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

चुनावलगत्तै विशेष महाधिवेशन गर्ने प्रचण्डको घोषणा



काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनलगत्तै विशेष महाधिवेशन गर्ने घोषणा अगरेका छन् ।

जारी महाधिवेशनमा आफ्नो प्रतिवेदनमा उठेका सवालको जवाफ दिने क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ठोस विचारको विकास गर्न आगामी चुनावलगत्तै विशेष महाधिवेशन गर्ने घोषणा गरे ।

‘प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि प्रतिनिधिहरूका तर्फबाट उठेका जिज्ञासा तथा सुझाव तथा छुटेका पक्षहरूलाई समेटेर पूर्णता दिएर ठोस विचारको विकास गर्न महाधिवेशन आयोजना गरिनेछ’, उनले भने ।

विचारको विकासका लागि अझै अध्ययन, अनुसन्धान र बहस आवश्यक भएको र यो महाधिवेशनको प्रतिवेदनमार्फत त्यसको सुरूआत गरेको प्रचण्डको भनाइ छ ।

अहिलेको दस्तावेजलाई पूर्णदस्तावेजका रुपमा नबुझ्न उनको आग्रह छ ।