प्रचण्डले भने : अब जे हुन्छ गम्भीर हुन्छ - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

प्रचण्डले भने : अब जे हुन्छ गम्भीर हुन्छ



काठमाडौं – पुर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्प कमल दाहालले पार्टीभित्र छलफल गरेर मात्र विधेयक ल्याउने बताएका छन् । पार्टीभित्र छलफल नभएकैले समस्या आएको कारण अब जे हुन्छ गम्भिर छलफल पछी मात्र हुने समेत बताए ।

प्रतिनिधि सभामा पेश गरिएका विभिन्न विधेयकमा विवाद देखिएको र सडकमा समेत विरोध सुरु भएपछि त्यसलाई पार्टी र संसदमा छलफल गरेर मात्रै ससंदमा पेश गरिने पुर्व प्रचण्डले बताएका हुन् ।

नेकपाका अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली विदेशबाट फर्कन साथ पार्टी भित्र छलफल गरेर सबैलाई मान्य हुने गरी विधेयकहरु संसदमा पेश गरिने अध्यक्ष दाहालले जानकारी दिए ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ६ मा रहेको कुपकन्या माविको नवनिर्र्मित भवन उद्घाटन गर्न आएका अध्यक्ष दाहालले सञ्चारकर्मीसँग कुरा गर्दै अब छलफल पछि आएको निचोडलाई समेत समावेश गरेर विधेयक ससंदमा लगिने बताए । ‘केही विधेयकहरु संसदमा पेश नगर्दे विवादमा आएको छ, प्रधानमन्त्री फर्कन साथ पार्टी भित्र छलफल गरेर अघि बढाउँछौ,’ अध्यक्ष दाहालले भने ।

आलोपालो सरकार चलाउने विषयमा दाहालले सुरुमा त्यही सहमति भएपनि अहिले परिस्थिति बदलिएकोले नयाँ परिस्थिति अनुसार अघि बढ्ने बताए । ‘दुई पार्टी बिच एकताहुदा आलोपालोको सहमति भएकै हो दाहालले भने तर अहिले अवस्था फरक भएको छ,त्यही अनुसार फेरी नयाँ सहमति खोज्छौ ।’

दुई अध्यक्षबिच विवाद र अन्तरविरोध छ जस्तो गरेर केही भ्रमपुर्ण प्रचार भएपनि आफुहरु बिच कुनै अन्तरविरोध नभएको अध्यक्ष दाहलले प्रष्ट पारे । ‘हामीबिच सरकार र पार्टी चलाउने विषयमा र अन्य विषयमा समेत कुनै मतभेद छैन, तपाँइ सञ्चारकर्मीहरुले पनि जनतालाई यही भनिदिनुहोस,’ अध्यक्ष दाहालले भने ।

पार्टी एकिकरणको विषयमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा जिल्ला र जनसंगठनको एकता प्रक्रिया केही जटिल भएपनि त्यो टुगिएकाले अब बाँकी काम केहीदिन भित्रै पुरा हुने अध्यक्ष दाहालले जानकारी दिए ।