ओलीले समय दिएनन्, बालकोट हिँडेका प्रचण्ड बिचैबाट घर फर्किए
काठमाडौं- सत्ता गठबन्धनको बैठक छाडेर एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट हिंडेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचैबाट फर्किएका छन् ।
स्रोतका अनुसार बालकोट हिंडेका प्रचण्ड त्यहाँ नपुग्दै बिचैबाट फर्किएका छन् । बालुवाटारबाट हिंडेका प्रचण्डले बालकोट आउने जानकारी गराएका थिए ।
तर ओलीले उनलाई समय नदिएका कारण उनी फर्किएको स्रोतको दाबी छ । ओली राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेसँग छलफलमा छन् ।
स्रोतले दिएको जानकारीअनुसार गठबन्धन टुट्यो भन्दै बालुवाटारबाट बाहिरिएका प्रचण्ड बालकोट हिंडेका थिए तर बीचबाटै फर्किएका छन् ।