देउवा र प्रचण्डविच भएको छलफल जस्ताको त्यस्तै - Himal Post Himal Post
  • २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
Logo

देउवा र प्रचण्डविच भएको छलफल जस्ताको त्यस्तै



काठमाडौं-

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सम्बादको बिषयले राम्रै भाऊ पाएको छ बजारमा, आखिर के भएको थियो त त्यो बैठकमा ? बैठकको केहि अंश जस्ताको त्यस्तै ।

‘मलाई बहुत दुख लाग्या छ’, शेरबहादुरले भने, हाम्रै साथीहरुले धोका दिए ।’ आजको जनआस्था साप्ताहिकमा यो खरब छ ।

प्रतक्ष्यतर्फको निर्वाचन परिणाम आइसकेपछि बुलुवाटारमा माओवादी अध्यक्ष प्रचण्डसँगको भेटको शुरुमै प्रधानमन्त्री शेरबहादुर देउवाले यस्तो परिणाम आउनुको पछाडि आफ्नो स्प्रिटलाई सहकर्मीहरुले बुझ्न नसकेको कुरालाई कारकका रुपमा प्रस्तुत गरे ।

तर, त्यो भेटको मुख्य मक्सद थियो माओवादी केन्द्रलाई फकाउने ।

‘पाँच बर्षका लागि तपाईँ’, शेरबहादुरले यसो भन्दा प्रचण्ड मुसुक्क हाँसे ।

पत्याएनन् कि भनेर फेरि दोहोर्याए, ‘मान्नुस न मैले भनिसकेँ ।’ फेरी पनि प्रचण्डले जवाफ दिएनन् ।

‘आखिर हिजो पनि तपाईँसँग कुरा मिलेकै हो । फेरी पनि कुरा मिल्छ ।’ अर्थात शेरबहादुर माओवादीलाई पाँच बर्ष प्रधानमन्त्री दिने कुरामा लिखित गर्नुपरे त्यसका लागि पनि तयार भइरहेको बताइरहेका थिए । प्रचण्डचाहिँ सुनिमात्र रहे ।

प्रचण्डले भने, ‘त्यस्तो सम्भावना तत्काल छैन । हामी पार्टी एकताको तहसम्मै पुगिसक्या छौं । केपीजी पनि तपाइँहरुसँग दुरी बढाएर होइन, मिलेरै जाने पक्षमा हुनुहुन्छ ।’