प्रचण्डले भने- म प्रधानमन्त्री हुँदा भ्रष्टाचार नै थिएन - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

प्रचण्डले भने- म प्रधानमन्त्री हुँदा भ्रष्टाचार नै थिएन



नेकपा माओदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलोपटक आफू प्रधानमन्त्री भएको बेलामा सुशासनको नयाँ रेकर्ड बनाएको दाबी गरेका छन्।

नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेशस्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सो दाबी गरेका हुन्।

प्रचण्डले विकास निर्माणलाई माओवादीकै सरकारले गरेको दाबी गरे। ‘त्यो ९ महिनाको अवधिमा भ्रष्टाचार भयो भनेर कुनै मिडियाले लेख्न परेन,’ प्रचण्डले भने, ‘अहिले पनि जो परिस्थिति बनेको छ, प्रतिगमनलाई परास्त गर्ने, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने र ऊर्जा क्षेत्रमा नयाँ क्रान्ति ल्याउने पहल गरिएको छ।’

देशको विकास निर्माण र समृद्धि माओवादीको नेतृत्वमा मात्र हुने उनले दाबी गरे। ‘सुशासनको दृष्टिकोणले भन्दा पहिलो गणतन्त्रवादी सरकारको ९ महिने कार्यकालमा भ्रष्टाचार यो ठाउँमा भयो भन्ने कुनै ठाउँ दिइएन। सुशासनको एउटा नयाँ रेकर्ड बनाइयो।’ प्रचण्डले दाबी गरे।