सचिवालयका कर्मचारीलाई कोरोना देखियो, प्रचण्डको भेटघाट बन्द - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

सचिवालयका कर्मचारीलाई कोरोना देखियो, प्रचण्डको भेटघाट बन्द



काठमाडौं। पूर्वप्रधानमन्त्री तथा सत्तारुढ दल नेकपा माओवादी केन्द्रको कार्यालयका कर्मचारीमा कोरोना संक्रमण भएको भेटिएको छ । कोरोना देखिएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड व्यक्तिगत भेटघाट बन्द गरेका छन्।

केन्द्रीय कार्यालयमा कार्यरत कम्तिमा ६ जना कर्मचारीमा कोरोना संक्रमण देखिपछि अध्यक्ष प्रचण्डले व्यक्तिगत भेटघाट र शुभकामना तथा बधाई आदान प्रदान आजैदेखि रोकेका हुन्।

प्रचण्डको सचिवालयले विज्ञप्ति जारी गर्दै भेटघाट बन्द गरेको जनाएको छ। विज्ञप्तिमा पार्टी केन्द्रीय कार्यालयमार्फत संस्थागत भेटघाटको व्यवस्था मिलाउने प्रयास गर्ने भनिएको छ।