प्रचण्डलाई भेटेर चिनियाँ राजदूतले भने- सँगै मिलेर काम गरौँ - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

प्रचण्डलाई भेटेर चिनियाँ राजदूतले भने- सँगै मिलेर काम गरौँ



नेपालका लागि नयाँ चिनियाँ राजदूत छन सोङ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान भेटवार्ता भएको सचिवालयले जानकारी दिएको छ।

चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट प्रधानमन्त्रीज्युलाई बधाई, नयाँ बर्षको शुभकामना सन्देश हस्तान्तरण गर्नुका साथै नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा सधैं साथमा रहने बताएका छन्।

प्रधानमन्त्री प्रचण्डले चिनियाँ सहयोग, सद्भाव र भातृत्वका लागि राजदूतमार्फत धन्यवाद ज्ञापन गरेका छन्। प्रचण्डले रास्ट्रपति सि जिन पिङ्ग र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गरेका छन्।