कार्यकर्तालाई प्रचण्डको आग्रह: छलाङ्ग मार्न तयार हुनुस ! - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

कार्यकर्तालाई प्रचण्डको आग्रह: छलाङ्ग मार्न तयार हुनुस !



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादी कार्यकर्तालाई पुरानो आग्रह पूर्वाग्रह त्यागेर नयाँ पार्टी निर्माणको अभियानमा लाग्न आग्रह गरेका छन् ।

मार्क्सको जन्म द्विशतबाषिर्कीको अवसरमा काठमाडौंको डिल्लिबजारमा भएको कार्यक्रममा प्रचण्डले केही दिनमा पार्टी एकता घोषणा हुने बताए । एमाले र माओवादी भंग गरेर नयाँ पार्टी बनाउने तयारी भइरहेको भन्दै उनले कार्यकर्तालाई क्रमभंग गर्न तयार भए नभएको प्रश्न गरे । ‘एकतावद्ध हुन समग आएको छ, आग्रह पूर्वाग्रहबाट माथि उठेर संकल्प गरौं’ प्रचण्डले भने, ‘क्रमभंग गर्न तयार छौं ? ’

आग्रह पूर्वाग्रह त्याग्न र नयाँ आवश्यकताअनुसार रुपान्तरण गर्न नसके एकता सफल नहुने भन्दै प्रचण्डले कम्युनिष्टहरुले आआफ्नै धन्दा चलाइरहे नेपाललाई केही दिन नसकिने बताए ।