कांग्रेसलाई प्रचण्डको चेतावनी: आउँदो चुनावमा माओवादीलाई दोस्रो नबनाए राम्रो हुँदैन - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

कांग्रेसलाई प्रचण्डको चेतावनी: आउँदो चुनावमा माओवादीलाई दोस्रो नबनाए राम्रो हुँदैन



काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघ र प्रदेशको चुनावमा माओवादी दोस्रो पार्टी नबने राम्रो नहुने क्स्हेतावनी दिव्का छन् ।

उनले कांग्रेसपछिको ठूलो पार्टी माओवादी बन्ने दावी गर्दै माओवादी दोस्रो नबने राम्रो नहुने चेतावनी दिएका हुन् ।

पार्टीको सम्पर्क समन्वय समितिको कार्यक्रममा शनिबार उनले आफूले नेपाली कांग्रेसका नेताहरुसँग यो विषयमा कुरा गरिसकेको भन्दै कांग्रेसले सहयोग नगरे सहकार्य सहज नहुने चेतावनी दिए ।

‘कम्तीमा पनि लेफ्ट मुभमेन्टको पहिलो हुने पुरै सम्भावना छ’ प्रचण्डले भने, ‘मैले नेपाली कांग्रेसको नेतासँग कुरा गर्दा भनेको छु । सायद पहिलो अहिले तपाईहरु नै हुनुहुन्छ त्यो देखियो, दोस्रो माओवादी केन्द्र हुने हो त्यसमा सहयोग गर्ने हो भने सब चिज सहज जान्छ, नभए सहज जाँदैन ।’

उनले यसमा गडबड हुन नदिने भन्दै कार्यकर्तालाई आश्वस्त हुन आग्रह गरे । ‘कम्तीमा (गठबन्धनको) नेतृत्व तहमा राम्रो समझदारी छ, यसमा ढुक्क हुनुहोस्’ उनले भने, ‘गडबड हुन दिइँदैन यो पटक । स्थानीय तहमा जस्तो हुन दिइँदैन ।’

यसरी जाँदा एक पटक देशको बागडोर माओवादीको हातमा आउने भन्दै प्रचण्डले त्यतिबेला पछिसम्म सम्झने गरी काम गर्ने बताए ।

स्थानीय तहमा तालमेल गठबन्धन जटिल थियो, माथिबाट टिकट वितरण गर्न सकिँदैनथ्यो, हजारौंलाई टिकट वितरण गर्दा अनेक समस्या आए’ उनले भने, ‘प्रदेश र संघम सजिलो छ, माथिबाटै मान्छे हेरिहेरि टिकट बाँड्न पाइन्छ ।’