१०औँ पटक मन्त्रिपरिषद् विस्तार- नयाँ मन्त्रीले लिए सपथ - Himal Post Himal Post
  • २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
Logo

१०औँ पटक मन्त्रिपरिषद् विस्तार- नयाँ मन्त्रीले लिए सपथ



काठमाडौं । नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार उनीहरूले शीलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १०औँ पटक मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

जसअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्रीमा डिगबहादुर लिम्बु नियुक्त भएका थिए ।

उनीहरूले आज शपथ ग्रहण गरेका हुन् ।