प्रचण्डले बोली फेरे- प्रतिगमनकारीसँग गठबन्धन हुँदैन - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

प्रचण्डले बोली फेरे- प्रतिगमनकारीसँग गठबन्धन हुँदैन



काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाम गठबन्धन गर्ने भनेकै अर्को दिन बोली फेरेका छन् । उनले अहिले भएकै गठबन्धन लिएर प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा जाने कुरामा भ्रम नलिन आग्रह गरेका छन्।

पार्टीको उपत्यका प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले अब नयाँ गठबन्धन बन्ने संभावना नरहेको प्रष्ट पारे ।

‘जबसम्म प्रतिगमनकारी प्रवृति परास्त हुँदैन, प्रतिगमनकारीले आफूलाई पश्चातापमा खियाउँदैन, यही गठबन्धन लिएर चुनावमा जान्छौं,’ अध्यक्ष प्रचण्डले भने, ‘अर्काे बन्न संभव छैन। कोही कमरेडहरु भ्रममा नपर्नु होला।’

प्रचण्डले गठबन्धन ऐतिहासिक काल खण्डमा टेकेर भएको गठबन्धन भएको हो। वाम बन्ने हो कि के हो भन्ने आउने गरेको भएपनि तत्काल त्यो संभावना नरहेको बताए।

उनले एकताबाट बनेको पार्टीभित्र भएको विवादको बारेमा पनि बताए।

‘हामीले हेडक्वाटरमा वमबाड गरेकै हो, १९ बुँदे पत्र त्यही बमवाड हो,’ प्रचण्डले भने। पार्टीभित्रकै आन्तरक कारणले स्थानीय तहको कम्तीमा ५० भन्दा बढी सिट हारेको प्रचण्डको भनाई छ।

‘जनमत हाम्रो पक्षमा हुँदा हुँदै हामीले ५० प्लस हारियो, हाम्रो जनमत हुँदा हुँदै किन हारियो? पार्टीभित्रको आन्तरिक व्यवस्थापन राम्रो नहुँदा गुमायौं। देशभर भने बढायौ,’ प्रचण्डले भने, ‘त्यो जनमत परिचालन गर्न सकेको भए देशको दोस्रो र वामपन्थीमा पहिलो पार्टी बन्ने संभावना थियो तर, घात अन्तर्घातले हा-यौं। त्यही भएर यसपटक घात÷प्रतिघात गर्नेलाई कारवाहीको दायरामा ल्याउनैपर्छ। गल्ती गर्नेलाई कारवाही नगर्दा, राम्रो काम गर्नेलाई प्रोत्साहित प्रमोट नगर्ने हो भने अन्य पार्टी जस्तै हुन्छौं।’

हामीले घात अन्तर्घात गर्नेलाई कारवाही मात्र होइन, यो त पार्टीलाई क्रान्तिकारी बनाउनेसँग सम्बन्धित छ, यो समाज रुपान्तरण गर्न सक्छौं।’

छानवीन समितिले बडो मिहेनेत गरेर ताप्लेजुङदेखि देशभरबाट राम्रोसँग अध्ययन गरेर विश्लेषण गरेर प्रतिवेदन बुझाएको उनले बताए।