प्रचण्ड, बामदेव र नारायणकाजीको गोप्य बैठक- नेकपामा खैलाबैला - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

प्रचण्ड, बामदेव र नारायणकाजीको गोप्य बैठक- नेकपामा खैलाबैला



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको सचिवालय बैठक अचानक स्थगित् भएको छ । किन स्थगित भयो भन्ने सवालले तरङ्ग भैरहेको बेला प्रचण्ड निवासमा भने शिर्ष नेताको गोप्य बैठक चलेको बुझिएको छ ।

अब बैठक कहिले बस्छ ? भन्ने अन्यौलता छ । तर, पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा भने सचिवालय सदस्यद्धय बामदेव गौतम र नारायणकाजी पुगेर छलफल गरेका छन् । यो छलफलले नेकपामा खैलाबैला नै मच्चिएको बुझिएको छ ।

अध्यक्ष प्रचण्डले पार्टीका जनवर्गाीय संगठनहरुको एकता टुँगो लागेकोले अब वैचारिक बहसको सुरुवात गरेको बताइएको छ ।

पछिल्लो समय प्रचण्ड, बामदेव र नारायणकाजी सरकारको कार्यशैलीप्रति सन्तुष्ट छैनन् । उनीहरु खुल्ला रुपमै सरकारको कामप्रति बिरोध गर्दै आएका छन् । उनीहरु सरकारको मात्र होइन पार्टी नेतृत्वको समेत आलोचना गर्दै आइरहेका छन् ।

प्रचण्डले आज पार्टीका प्रवक्तासमेत रहेका नेता श्रेष्ठ र प्रभावशाली नेता गौतमसँग विशेष छलफल गरेका छन । पोलिटब्यूरो सदस्य घोषणा गर्ने भनिएपनि अर्का अध्यक्ष केपी शर्मा ओली अल्पमतमा पर्ने भएकोले उनकै स्वार्थमा आजको सचिवालय बैठक स्थगित् भएको कुरा बाहिरिएको बेला प्रचण्डले यसरी गोप्य छलफल गर्नुले नेकपाभित्र अब वैचारिक बहस सुरु भएको पनि बुझिएको छ ।