प्रचण्डले बोलाएको पहिलो बैठक एकाएक सारियो - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

प्रचण्डले बोलाएको पहिलो बैठक एकाएक सारियो



काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक एकाएक सारिएको छ । प्रचण्डले पहिलो पटक अध्यक्षता गर्ने भनिएको बैठक सोमबार दिउसो १ बजे डाकिएको थियो ।

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलोपल्ट सचिवालय बैठक बोलाएका हुन् ।

यसअघि नेकपाको बैठक बस्न दुईजना अध्यक्षको अनिवार्य उपस्थिति चाहिने भए पनि अध्यक्षता भने केपी शर्मा ओलीले मात्रै गर्दथे । दाहालले पहिले दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बोलाएको भए पनि आज बिहान अचानक दुई घण्टा अघि नै बैठक डाकिएको हो ।

सचिवालय स्रोतले बताएअनुसार बैठक ११ बजेको लागि सारिएको जनाएको छ । बैठकको एजेण्डा पार्टी एकीकरणकै विषय रहेको पनि बताइएको छ ।