प्रचण्ड र बाबुरामले संयुक्त दल दर्ता गर्ने - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

प्रचण्ड र बाबुरामले संयुक्त दल दर्ता गर्ने



काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल सामाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले संयुक्त दल दर्ता गर्ने भएका छन् ।

आज नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीका द्वय अध्यक्ष दाहाल र डा. भट्टराई संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जाने कार्यक्रम छ ।

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका दल दर्ताका लागि दिएको समयावधि आज सकिँदैछ ।

आयोगले साउन २२ देखि ३१ गतेसम्मका लागि दल दर्ताको समय दिएको थियो । यस समयभित्र कतिपय दल दर्ता भइसकेका छन् भने बाँकी दल आजसम्म दर्ता हुनेछन् ।

आज नै नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका दल दर्ता हुने कार्यक्रम छ ।

निर्वाचन आयोगले दुई वा दुईभन्दा बढी दल एउटै चुनाव चिह्नाट लड्न चाहेमा आजसम्म दल दर्ता गर्ने समय दिएको थियो ।