प्रचण्ड, बाबुराम र बादल एकैठाउँ - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

प्रचण्ड, बाबुराम र बादल एकैठाउँ



काठमाडौं– त्रिभुवन विमानस्थलबाट आइतबार बिहान अधिकांश विमान समयमै उड्न सकेनन्। आन्तरिकतर्फका उडान लामो समय डिले भए।

यहीकारण विमानस्थलमा यात्रुको भीड लाग्यो। यही मेसोमा थिए समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई।

उनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडालगायतका मन्त्री तथा नेताहरुसँग बसेको तस्बिर सार्वजनिक गरे।

उनले आइतबार ट्वीट गरे–७ बजे उड्नुपर्ने प्लेन १० बजेसम्म उडेको छैन! एयरपोर्टमा घण्टौं कुर्दाको फाइदाचाहिँ सबै पार्टीमा छरिएका साथीहरूसँग भेटघाट र गफगाफ गर्न पाइने, नकारात्मकभित्र सकारात्मक भनेको सायद यही हो। अथवा चित्त बुझाउने मेसो।