बिहानै अस्पताल पुगे माओवादी अध्यक्ष प्रचण्ड - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

बिहानै अस्पताल पुगे माओवादी अध्यक्ष प्रचण्ड



काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

अध्यक्ष दाहालले सोमबार बिहान नर्भिक अस्पताल पुगेर वैद्ययको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको दाहालको निजी सचिवालयले जनाएको छ। वैद्य स्वास्थ्यमा समस्या भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन्।

उनलाई आइतबार बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको हो। एक्कासि दम बढेर छातीमा पीडा भएपछि अस्पताल लगिएको थियो। उपचारमा संलग्न चिकित्सकका अनुसार दम बढेर उनलाई केही गाह्रो भएको छ।

अस्पताल ल्याएलगत्तै उनको छातीको एक्सरे गरिएको थियो। एक्सरे रिपोर्टमा सामान्य दागसमेत देखिएको छ। नेता वैद्य लामो समयदेखि दमबाट पीडित छन्।