प्रचण्डलाई अस्पतालमै राखिने - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

प्रचण्डलाई अस्पतालमै राखिने



काठमाडौं- उच्च रक्तचापका कारण अस्पताल भर्ना भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आज अस्पतालमै राखिने भएको छ । एकाएक बान्ता गरेपछि शनिबार मेडिसिटी अस्पताल भर्ना भएका प्रचण्डलाई चिकित्सकको निगरानीमा अस्पतालमै राखिने भएको हो ।

डोल्पा भ्रमणपछि रक्तचाप बढेपछि घरमै आराम गरिरहेका उनलाई थप आरामको जरुरी रहेकाले चिकित्सकको निगरानीमा एक दिन अस्पतालमै राख्नुपर्ने बताएका छन्।

प्रचण्डकी स्वकीय सचिव गंगा दाहालका अनुसार स्वास्थ्य अवस्था सामान्य छ। ‘ब्लडप्रेसर कन्ट्रोलमा आएको छ, तर आज एक दिन अस्पतालमै राख्ने निधो भएको छ,’ उनले भनिन्।

दाहाललाई शुक्रबारदेखि ब्लडप्रेसर बढिरहेको थियो। उनले शनिबार करेलाको झोल खाएका थिए। तर, रक्तचाप सन्तुलनमा नआएपछि दाहाललाई मेडिसिटी अस्पताल लगिएको थियो।

‘करेलाको झोल खाएपछि बमिट गर्नुभएको थियो,’ दाहालले भनिन्, ‘आज एक दिन आराम गर्न भनेर अस्पतालमै राखेका हौं।’ केही दिनअघि दाहाल डोल्पा भ्रमणमा गएका थिए। त्यहाँबाट फर्केपछि उनको रक्तचाप असन्तुलन भएको थियो।