छोरीलाई भोट माग्दै धम्क्याएपछि अफ्ठ्यारोमा प्रचण्ड - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

छोरीलाई भोट माग्दै धम्क्याएपछि अफ्ठ्यारोमा प्रचण्ड



काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग स्पष्टीकरण मागेको छ । उनले चितवनको भरतपुरमा दिएको अभिव्यक्तिप्रति निर्वाचन आयोगले स्पष्टीकरण माग गरेको हो ।

“यहाँ नेकपा माओवादी केन्द्रको अध्यक्षले आफ्नो दलको चुनाव चिह्नमा भोट हालिँदैन भन्यो भने देश दुर्घटनामा जान सक्छ भन्नुको अन्तरनिहित मनसाय के हो ? यहाँको अभिव्यक्ति प्रचलति निर्वाचन कानुनविपरीत छ छैन ?,” आयोगले स्पष्टीकरणपत्रमा सोधेको छ ।

“ यहाँको अभिव्यक्ति प्रचलित निर्वाचन कानुनविपरीत छ छैन ? जनताको प्रतिष्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणालीमा कुनै अमुक उमेदवारको हारजितले देश नै दुर्घटनामा पर्ने हुन्छ, हुँदैन ? चौबीस घण्टाभित्र आयोगमा प्राप्त हुने गरी स्पष्ट जवाफ पेस गर्नुहुन निर्णयानुसार अनुरोध छ ।”