माओवादीमा १० प्रतिशत प्रतिनिधि छनौट गर्ने अधिकार प्रचण्डलाई - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

माओवादीमा १० प्रतिशत प्रतिनिधि छनौट गर्ने अधिकार प्रचण्डलाई



काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० प्रतिशत प्रतिनिधि छनौट गर्ने अधिकार प्राप्त गरेका छन्।

महाधिवेसनअघि बसेको स्थायी समिति बैठकमार्फत अध्यक्ष प्रचण्डले कुल एक हजार चार सय ८३ राष्ट्रिय सम्मेलन प्रतिनिधिको १० प्रतिशत छनौट गर्ने अधिकार प्राप्त गरेका हुन्।

प्रवक्ता कृष्णबहादुर महराका अनुसार प्रचण्डले विभिन्न पार्टीबाट प्रवेश गरेकासहित एक सय ४८ प्रतिनिधिलाई राष्ट्रिय सम्मेलन प्रनिनिधिका रुपमा मनोनयन गर्नेछन्। माओवादीको प्रथम राष्ट्रिय सम्मेलन ११ पुसमा प्रज्ञा भवन काठमाडौंमा उद्घाटन हुँदैछ।