चोलेन्द्र काण्डमा प्रचण्डले फसाएको कांग्रेसका सांसदहरूको आरोप - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

चोलेन्द्र काण्डमा प्रचण्डले फसाएको कांग्रेसका सांसदहरूको आरोप



काठमाडौं- नेपाली कांग्रेसका सांसदहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरूलाई धोका दिएको बताएका छन्।

बुधबारको संसद बैठकमा एमसिसी टेबल नभएपछि कांग्रेस सांसदहरूले प्रचण्डले धोका दिएको बताएका हुन्।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध महाअभियोग ल्याए आफूले एमसिसी पारित गर्न सघाउने वचन दिएका प्रचण्ड अहिले भागेको एक सांसदले बताए।

‘राणाविरूद्ध महाअभियोगमा हामीलाई हस्ताक्षर गर्न लगाएर अहिले एमसिसी टेबल गर्ने बेला उहाँ भागेको भाग्यै हुनुभएको छ,’ कांग्रेसका एक सांसदले भने।

यसअघि कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच माओवादी र एकीकृत समाजवादीको अनुपस्थितमा संसदबाट एमसिसी पारित गर्ने सहमति भएको थियो।

बुधबार बिहान बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले सहमतिबिना एमसिसी पारित भए सरकारबाट बाहिरिने निर्णय गरेपछि आजको संसद बैठकमा एमसिसी टेबल हुन सकेन।