प्रचण्डले किन गर्दैछन् पत्रकार सम्मेलन ? - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

प्रचण्डले किन गर्दैछन् पत्रकार सम्मेलन ?



नेकपा माओवादी केन्द्रले सोमबार दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दै छ। माओवादी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालका अनुसार आज हुने पत्रकार सम्मेलन नियमित हो।

अघिल्लो सोमबार पनि माओवादीले पत्रकार सम्मेलन गरेको थियो। स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर प्रत्येक सोमबार पत्रकार सम्मेलन आयोजना गर्ने माओवादीले जनाएको थियो।

सोही कार्यक्रमको निरन्तरतास्वरुप आजको पत्रकार सम्मेलन आयोजना भएको ढकालले बताएका छन्। उनका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्रकार सम्मेलनमा सहभागी हुने नहुनेबारे कुनै जानकारी अहिलेसम्म आएको छैन्। ‘उहाँको व्यस्तता कस्तो छ थाहा छैन,’ ढकालले भने, ‘प्रचण्ड) आउने नआउनेबारे कुनै जानकारी छैन्। अध्यक्ष नआए पनि प्रवक्ता(सहभागी हुनुहुन्छ।’

स्थानीय तह निर्वाचनका लागि आज दलहरुले मनोनयन दर्ता गर्दै छन्। हिजो र आजका लागि मनोनयनको मिति निर्वाचन आयोगले तोकेको छ।