प्रचण्डद्वारा केन्द्रीय समितिको सूची प्रस्तुत - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

प्रचण्डद्वारा केन्द्रीय समितिको सूची प्रस्तुत



काठमाडौं- प्रज्ञा प्रतिष्ठान कमलदाीमा जारी नेकपा माओवादी केन्द्रको महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समितिको सूची प्रस्तुत गरिरहेका छन्।

आइतबार साढे ४ बजे सुरु भएको बन्दसत्रमा विभिन्न प्रस्तावहरु पारित भएपछि प्रचण्डले केन्द्रीय समिति सदस्यको सूची प्रस्तुत गर्न थालेका हुन्।

बन्दसत्रले केन्द्रीय समिति सदस्यको प्रस्तावित नाम अनुमोदन गर्ने बताइएको छ। अनुमोदन नभएमा निर्वाचन हुनेछ। त्यसका लागि सोमबार मतदान गर्नेगरी पार्टीको निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ।