एमाले नेता प्रभु साहलाई सत्तारुढ गठबन्धनको समर्थन - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

एमाले नेता प्रभु साहलाई सत्तारुढ गठबन्धनको समर्थन



जनता समाजवादी पार्टीसँगको तालमेललाई लिएर असन्तुष्टि जनाउँदै नेकपा एमाले छाडेर स्वतन्त्र उठेका प्रभु साहलाई सत्तारुढ गठबन्धनले समर्थन गरेको छ।

बुधबार बिहान बसेको गठबन्धनको बैठकले साहलाई समर्थन गर्ने निर्णय गरेको हो। त्यही निर्णयअनुसार माओवादी केन्द्रका उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन्।

स्रोतका अनुसार अब उनलाई गठबन्धनको साझा उम्मेदवार बनाइएको छ।

यसअघि माओवादी केन्द्रले आफ्नो भागमा परेको रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ मा पनि एमाले छोडेर स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भूसाललाई समर्थन गरेको थियो।